धनगढीको नोभा हस्पिटलमा मृत्यु भएका किशोरको २ दिनसम्म उठेन शव

Image
maya metro

धनगढी – कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा एक किशोरको मृत्यु भएको छ। हिजो (शुक्रबार) कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको हो।

अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आफन्तको आरोप छ। बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि सो अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो। नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुुपर्ने माग गरेका छन्।

nisarga

उपचारमा संलग्न चिकित्सक र उचित क्षतिपुर्ति नभएसम्म शव नउठाउने उनले बताए। पीडित पक्षसँग अहिलेसम्म कुनै संवाद समेत नभएको उनले बताए। उनका अनुसार अस्पतालले नसिभलाई न त उचित उपचार गर्‍यो, न त रिफर नै ग¥यो। लापरबाही गर्ने चिकित्सकको टीम र क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने अडान आफन्तको छ। अस्पताल प्रशासनले भने लापरबाही नभएको बताएको छ।

मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति समेत सिर्जना भएपछि प्रहरी नै खटिएको थियो। आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्। तर अस्पतालका सूचना अधिकारी पदमराज भट्टले नसिभको उपचारमा कुनै लापरबाही नभएको बताएका छन्।