
अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाइ केन्द्र (सिएलसी)को नयाँ कार्यसमिति चयन भएको छ ।
आज (शनीबार) संस्थाका अध्यक्ष टीकादत्त जोशीको अध्यक्षतामा भएको साधारण सभाबाट ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मीदेवी भण्डारी,सचिवमा धनीराम पनेरु र कोषाध्यक्षमा हेमन्तीदेवी पाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा भिम बहादुर बलायर,तेजराज भट्ट,मदनराज शर्मा (जोशी) तथा महिला सदस्यमा शारदा राना र तारा श्रेष्ठ चयन भएका छन् ।















