‘डब्लूएचओबाट बाहिरिने अमेरिकाको निर्णय खेदजनक’

Image
maya metro

विश्व स्वास्थ्य स‌गठन (डब्लूएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारअमेरिका बाहिरिने घोषणा गरेपछि डब्लूएचओको यो प्रतिक्रिया आएको हो ।

‘विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गर्दछ’,डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डब्लुएचओ विश्वका मानिसको स्वास्थ्य र सुरक्षाको लागि महत्त्वपूर्ण छ।’

nisarga

विश्वव्यापी स्वास्थ्य एजेन्सीले अमेरिका सन् १९४८ मा डब्ल्यूएचओको एक संस्थापक सदस्य रहेको उनले स्मरण गरेका छन्। ‘सात दशकभन्दा बढी समयदेखि डब्ल्यूएचओ र संयुक्त राज्य अमेरिकाले अनगिन्ती जीवन बचाएका छन् । अमेरिकी संस्थाहरूले डब्लूएचओको सदस्यताबाट योगदान र लाभ उठाएका छन्’ , विज्ञप्तिमार्फत डब्लूएचओले भनेको छ।

‘हामी आशा गर्छौँ कि संयुक्त राज्यले पुनर्विचार गर्नेछ । हामी संयुक्त राज्य अमेरिका र डब्लूएचओ बीचको साझेदारीलाई दिगो बनाउन रचनात्मक संवादमा संलग्न हुने आशा गर्दछौँ’, डब्लूएचओले भनेको छ।