२९औँ विश्व दृष्टि दिवसमा र्‍यालीदेखि निःशुल्क आँखा जाँचसम्म

Image
maya metro

अत्तरिया – २९औँ विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कैलाली र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमहरु गरिएको छ।

दिवसको अवसरमा बिहीबार अत्तरियामा जनचेतनामूलक र्‍याली निकालिएको हो। र्यालिमा अत्तरियाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसहित इलाका प्रहरी कार्यालय मालाखेतीको समेत उपस्थिति रहेको थियो ।

nisarga

र्‍यालीपछि गेटा आँखा अस्पताल परिसरमा सरसफाइ गरिएको छ। विशेष सुरक्षा गण महेन्द्रनगरको सहयोगमा अस्पताल परिसरमा सरसफाइ गरिएको हो।

यस्तै अस्पतालमा बुधबार शल्यक्रिया गरिएका बिरामीलाई फलफूल वितरण गरिएको छ। दिवसकै अवसरमा आज दिउँसो १ बजेसम्म गेटा आँखा अस्पतालका विभिन्न शाखामा ओपीडी टिकट निःशुल्क गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी धनगढीस्थित नेपाल मानव धर्म सेवा समितिमा निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको छ। जाँचकाक्रममा कुनै समस्या देखिएमा निशुल्क उपचारजा साथै शल्यक्रिया समेत गरिने जनाइएको छ ।

आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र समयमै आँखा परीक्षण तथा उपचारका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कैलालीका सभापति लोकराज जोशीले बताएका छन् ।

अस्पतालकि मेडिकल निर्देशक डाक्टर सुझता भण्डारीले आँखा मानव शरीरको महत्त्वपूर्ण अंग भएकोले समयमै जाँच गर्नेदेखी आँखाको स्याहार अनिवार्य रहेको बताएकी छिन् ।