
अत्तरिया – गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । कम्प्युटर इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई लक्षित गरेर ५५ वटा कम्प्युटर सहितको ल्याब स्थापना गरिएको हो । गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले आईतबार उक्त कम्प्युटर ल्यावको एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा नगर प्रमुख भट्टले गोदावरी नगरमा शिक्षाको क्षेत्रमा रहेको यस विद्यालय नगरको गर्वको विषय रहेको बताए । जसमा विद्यालय समितिको अध्यक्ष लगायत टीमले निकै कठिनाइ गरी यस यहाँ सम्म पुगाउन सफल भएको बताए । ‘विद्यालय आवश्यक शिक्षकहरुको लागी नयाँ शैक्षिक सत्रबाट शिक्षक पदपूर्ति गर्ने गरी व्यवस्थापनमा लाग्ने छौ’ उनले भने । उनले शिक्षा र सवास्थ्यको क्षेत्रमा प्राथमिकता राखेर काम गर्दै आइरहेको बताए ।

समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले कम्प्युटर पर्ने इच्छुक विद्यार्थीहरू संख्या बढ्दै गएको अवस्थालाई लक्षित गरी उक्त ल्याब सञ्चालनमा ल्याइएको बताए । उनले ५५ वटा कम्प्युटर जडान गरी विद्यार्थीहरुलाई उच्च शिक्षामा जोड दिन उत्कृष्ट कम्प्युटर ल्याब रुपमा स्थापना गरेको बताए । उनले नयाँ ल्याबको सञ्चालनले विद्यार्थीहरूको शैक्षिक गुणस्तर र व्यवहारिक सीपमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको बताए ।
यस्तै प्रधानाध्यापक शिवराज जोशीले विद्यालयमा ३ वटा ल्याब रहेको उक्त ल्याबमा तह अनुसार शिक्षा प्रदान गराउँदै आइरहेकोमा आईतबार देखि सञ्चालनमा ल्याइएको ल्याब कम्प्युटर इन्जिनियरिङ पढ्ने ९–१२ सम्मका विद्यार्थीहरुलाई मध्येनजर गरेर ५५ थान कम्प्युटर अटाउने अत्याधुनिक थप ल्याबको सञ्चालन गरिएको बताए ।
उनले यस विद्यालयमा कम्प्युटर तर्फ पढ्ने विद्यार्थीहरूको संख्या २ सय भन्दा बढी रहेको साथै उक्त विषय व्यवहारमुखी भएको विद्यार्थीहरुले दैनिक रुपमा कम्प्युटरमा अभ्यास गर्नु पर्ने भएकाले आवश्यकता अनुसार स्थापना गरिएको बताए । कक्षा ९–१२ का विद्यार्थीलाई मध्यनजर गरेर वार्षिक प्रति विद्यार्थी १५ हजार रुपैयाँको रकमबाट गरिएको उनले बताए । जुन रकमबाट ल्याब शिक्षकको तलब, ओजेटी खर्च कटाएर बाँकी रकम ल्याब स्थापना र व्यवस्थापनमा प्रयोग गरिएको जोशीले बताए ।

















