बझाङमा १५ वर्षीया बालिकामाथि बलात्कार,एक जना पक्राउ

Image
maya metro

बझाङमा बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

खप्तडछान्ना गाउँपालिका-७ गडराय बस्ने ३४ वर्षीय विरेन्द्र रोकाया पक्राउ परेका हुन्।

nisarga

रोकायालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।

उनीविरूद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।