गोदावरीसहितका तीन पालिकाबाट १ लाख ३५ हजार बराबरको सामान बरामद

Image
maya metro

धनगढी – कैलालीमा बिडी र सुर्ती लगायतका भन्सार छलीका सामान बरामद गरिएको छ।

भन्सार छलीका अन्दाजी १ लाख ३५ हजार ४५० बराबरको बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

nisarga

उक्त सामान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, माछा पोखरी, धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ, गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक र भजनी नगरपालिका–८ खैराबाट बरामद गरिएको प्रहरीले जनाएको छ।