बझाङमा हिम पहिरोममा पुरिएर ४५ वटा भेडा बेपत्ता

Image
फाइल तस्विर
maya metro

बझाङ – बझाङमा हिम पहिरोममा पुरिएर ४५ वटा भेडा बेपत्ता भएका छन्।

जिल्लाको साइपाल गाउँपालिका–४ धुलीका जयपाल रोकायाका भेडा हिमपहिरोमा परेका हुन। गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको जनाइएको छ।

nisarga

घटना शनिबार दिउँसोको भए पनि प्रहरीमा भने आइतबार साँझ मात्रै खबर आएको प्रहरीले जनाएको छ।

हिमपहिरोमा भेडाहरू परेको खबर आएलगत्तै सीमा प्रहरी चौकी धुलीबाट उद्धारको लागि आइतबार नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार पनि प्रहरी र स्थानीयले पहिरोमा पुरिएका भेडाहरूको खोजी गरिराखेका जनाइएको छ।