पत्रकार मिश्रमाथि कुटपिट

Image
maya metro

धनगढी – कैलालीका पत्रकार प्रकाश मिश्रलाई होटेल सञ्चालकहरूले कुटपिट गरेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१० पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले पत्रकार मिश्रलाई कुटपिट गरेको भन्दै प्रहरीमा मुद्‍दा दर्ता भएको छ।

nisarga

पत्रकार मिश्रले उनीहरूको विरुद्धमा अभद्र व्यवहार गर्न नहुने कसुरमा मुद्‍दा दर्ता गराएका हुन्। उनीहरूले बिहिवार दिउसो घोडाघोडी नगरपालिका–१० पहलमानपुरको स्विट हाउस अगाडि महेन्द्र राजमार्गको सार्वजनिक स्थानमा पत्रकार मिश्रलाई गालीगलौज र कुटपिट गरेका हुन।

पत्रकार मिश्रले सिमली जङ्गलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकको समाचार लेखेका थिए। सोही विषयमा ३२ वर्षीय पत्रकार मिश्रमाथि अभद्र व्ययभार गरिएको आरोपमा जाहेरी दरखास्त दिइएको छ।

मिश्रको दरखास्तमा लेखिएको छ, ‘विभिन्न अश्लील शब्द प्रयोग गरि गाली–गलौज गर्दै लछार–पछार पार्दै धक्का मुक्का गर्नुका साथै हातपातसमेत गरि ढुङ्गा र मुढा प्रयोग गरि भट्टाले टाउँकोमा हान्न खोज्दा उक्त घटनास्थल नजिक रहेका वडासदस्य रोहित बमलगायत स्थानीय आइ छुट्याउने क्रममा उक्त घटनास्थलबाट भागि ज्यान बचाएको हुँ।’

पत्रकार मिश्रसँगै उनीहरूले १५ वर्षीय सुशील शाहलाई समेत भिडिओ बनाएको भन्दै गाली गरेका जाहेरीमा भनिएको छ। डबलबहादुर शाहलाइ इलाका प्रहरी कार्यालय, सुखडले नियन्त्रणमा लिएको छ।