
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ स्थित अत्तरियामा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वनको भवनमा रहेको विद्युत मिटर तोडफोड गरिएको छ ।
गएराती अज्ञात समूहले विद्युत मिटर तोडफोड गरेको वनकी अध्यक्ष शिवादेवी कडायतले बताइन् ।

दुर्गालक्ष्मी नमूना माविको विपरीत दिशामा रहेको वनको उक्त भवनमा लागूऔषध प्रयोगकर्ताहरुको समेत आवतजावत हुने गरेको छ ।















