
अत्तरिया – दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितको मुद्दामा दायाँबायाँ गरे सर्वोच्चमा आगो लाग्ने बताएका छन् ।
अत्तरियामा बिहिबार आयोजित दलितका लागि दलित अभियानको बृहत सभामा बोल्दै उनले दलितको मुद्दामा दायाँबायाँ गरे सर्वोच्चमा आगो लगाउने उद्धघोष गरेका हुन् ।

“कालोकोट लगाएर,कानुनको कालो धन्दा गरेर, बलात्कारीलाई सफाई दिइन्छ भने, अनिल सार्कीसहितको हत्यारालाई छोडिन्छ भने तिनलाई छोडिदैन उनले भने केहि दिन भित्रमा हामी यो मुद्दा (रुकुम पश्चिमका नवराज विकको हत्या प्रकरण) सर्वोच्च अदालतमा लिएर जाँदैछौं कैलालीबाट सर्वोच्च अदालतलाई मेरो चुनौती छ, मैले भनेको छु, प्रहरीका साथीहरु पनि यहाँ हुनुहुन्छ, भिडियो बनाएर गृहमन्त्रीलाई पठाइदिनुस,प्रधानमन्त्रीलाई पठाईदिनुस् पछि मलाई मुद्दा चलाउन सजिलो हुन्छ । मलाई त्यसमा आपत्ति छैन तर सर्वोच्चले यो मुद्दामा बदमासी गर्यो भने सर्वोच्चमा आगो लाग्छ, नेपालको इतिहासमा पहिलो चोटी सर्वोच्चमा आगो दन्किन्छ यो कुरा विचार गर्नुुस् ।”
















