
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित बुढीतोलामा पर्यटन महोत्सव आजदेखि सुरु हुँदै छ ।
महोत्सवको आज बिहान ११ बजे गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्धघाटन अघि बुढीतोला बजारमा प्रभातफेरी गरिने बताइएको छ ।
वैशाख २३ गतेसम्म लाग्ने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले जनाएको छ ।
उक्त महोत्सवमा विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।















