गोदावरीको बल्मीमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीको बल्मीमा सर्पको टोकाईबाट बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोदावरी- ९ स्थित बल्मीका जनक भाटकी ५ वर्षीय छोरी रितु भाट रहेको अस्थाई प्रहरी बिट स्याउलेले बताएको छ ।

nisarga

रितुलाई बुधबार राती आगनमा खेलिरहेको अवस्थामा सर्पले टोकेको थियो ।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।