धनगढीले किन्यो सेफ्टी जम्प एयर ब्याग

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले मान्छेलाई सुरक्षित रुपमा अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ।

घरमा आगलागी भएको अवस्थामा माथिल्लो तल्लामा रहेका मानिसलाई त्यसमा कुद्न लगाएर सुरक्षित अवतरण गराउने सेफ्टी जम्प एयर ब्याग धनगढीले किनेको हो। यस ब्यागबाट धनगढीवासीलाई सेवा दिइने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए।

nisarga

उनले विशेष गरेर चार/पाँच तल्लाको घरमा तल्लो वा अन्य तल्लामा आगलागी भएमा उद्धार गर्न कठिनाइ भएको बेला मान्छेलाई सेफ्टी जम्प एयर ब्यागमा कुद्न लगाइने जानकारी दिए।

सो सेफ्टी जम्प एयर ब्यागमा पम्पले आठ मिनेट तीन सेकेण्डमा हावा भरिने गरेको धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ। खरिद गरेर ल्याइएको सो ब्यागको शनीबार धनगढी उपमहानगरपालिकाको कार्यालयमा परीक्षणसमेत गरिएको छ।