श्रीपुर खानेपानीको अध्यक्षमा भट्ट चयन

Image
maya metro

अत्तरिया – गोदावरी नगरपालिका–७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा डिल्लीराज भट्ट चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैटौँ साधारण सभामा भएको निर्वाचन प्रकृयाबाट भट्ट अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि साधारण सभामार्फत निर्वाचन तालिका सार्वजनिक गरिएको थियो ।

सो निर्वाचन तालिका अनुसार आईतबार उम्मेदवारी दर्ता गर्ने समयभित्र एकल उम्मेदवारी परेपछि र सो उम्मेदवारी उपर कसैको दाविविरोध नभएपछि भट्ट अध्यक्षमा निर्विरोध निर्वाचन भएका हुन ।

nisarga

अध्यक्षमा मात्रै नभई संस्थाको नयाँ कार्यसमितिका लागि ९ वटै पदहरुमा एकल उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शेर बहादुर बिष्टले जानकारी दिए । उनका अनुसार एकल उम्मेदवारी परेपछि उपाध्यक्षमा नन्दादेवी साउँद, सचिवमा कृष्ण लुहार, कोषाध्यक्षमा खुसिराम चौधरी र सहसचिवमा श्याम बहादुर साउँद निर्विरोध निर्वाचित भए ।

त्यस्तै सदस्यहरुमा बिरेन्द्र बोगटी, नन्दा साउँद, बालाजी थापा र देबी कठायत पनि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत विष्टले जानकारी दिएका छन् ।