अत्तरिया बसपार्कमा टीभीएस ‘एक्सचेञ्ज मेनिया’ सुरु

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा आज देखि टीभीएसको ‘एक्सचेञ्ज मेनिया’ सुरु भएको छ । अत्तरियाका लागि जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता बागेश्वरी मल्टिमोटर्सले पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी किन्न चाहने ग्राहकहरूलाई लक्षित गरी कम्पनीले उक्त विशेष अफर सार्वजनिक गरेको हो ।

अत्तरिया बसपार्कमा आज देखि सुरु भएको एक्सचेञ्ज मेनियामा जुनसुकै ब्राण्डका पुराना मोटरसाइकल वा स्कुटर टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ । एक्सचेञ्ज मेनियामा पुरानो नगुड्ने मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने बागेश्वरी मल्टीमोटर्सका सञ्चालक प्रेम साउँदले जानकारी दिए ।

nisarga

उनका अनुसार एक्चेन्ज गरिएको साधनमा १० हजार मूल्यांकन रकम थप गरिनेछ । मोटरसाइकल वा स्कुटर खरिद गर्दा तथा एक्सचेन्ज गर्दा फाइनान्सको सुविधा पनि रहेको साउँदले बताए ।

अत्तरियामा बागेश्वरी मल्टीमोटर्सबाट ७ वर्ष देखि टिभिएस कम्पनीको मोटरसाइकल र स्कुटर बिक्री गर्दै आइरहेको बताउँदै साउँदले ग्राहकहरुको सुविधाको लागी आज देखि भदौ ६ गतेसम्म एक्सचेन्ज मेनिया अफर सञ्चालन गरिएको बताए ।

उनले ग्राहकहरुलाई बढी भन्दा बढी छुट कसरी दिने उदेश्यले कम्पनीले उक्त अफरको आयोजना गरेको बताए । नयाँ मोटरसाइकल वा स्कुटर खरिदमा न्यूनतम ८ हजार क्यास डिस्काउन्टको व्यवस्था गरिएको छ ।

साथै हेल्मेट, व्याग र बाइक कभर निःशुल्क दिइनुका साथै टीभीएस लाइफटाइम वारेन्टीको पनि व्यवस्था गरिएको छ जसले ग्राहकलाई थप विश्वास र सुविधा दिने कम्पनीको विश्वास छ ।