
अत्तरिया – कैलालीको अत्तरियामा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १२२ पिन्ट रगत सङ्कलन भएको छ ।
विश्वविद्यालयले आज कार्यालयमै रक्तदान जीवनदान शिविर २०२५ को आयोजना गरेको थियो ।

उक्त रक्तदान कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका थिए ।
राज योगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि र विश्व बन्धुत्व दिवसको अवसरमा विद्यालयले आज रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
एक थोपा रगत अनन्त आर्सीवाद भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।














