खुटियामा बेपत्ता भएका जुम्ल्याहा दाजुभाइसहित चारै किशोरको शव फेला 

Image
maya metro

अत्तरिया – कैलालीको खुटिया नदीमा बेपत्ता भएका धनगढीका चारै किशोरको शव फेला परेको छ ।

बिहीबार दिउँसो गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित सेहरीको झोलुङ्गे पुलमा जन्मदिन मनाउन आएका धनगढी- ४ बस्ने १७ वर्षीय सक्षम जोशी,जेब भण्डारी,जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी खुटिया नदीमा डुबेर बेपत्ता भएका थिए ।

nisarga

मध्यान्हको समयमा नदीमा डुबेका उनीहरूको गोताखोर र स्थानीयले खोजी गरेका थिए । अपराह्न चार बजेको समयमा उनीहरूको शव फेला परेको हो । मृत्यु भएका जेब र जाबेज जुम्ल्याहा दाजुभाइ हुन् ।

संगै आएका १७ वर्षीय नवीन डडाल, १७ वर्षीय युवराज कुवर र १७ वर्षीय आकाश मल्ल भने सकुशल रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । मृतकहरुको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।