डोटीमा १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी, ५२ वर्षीय पुरुष पक्राउ

Image
maya metro

डोटी – डोटीको दीपायल सिलगढी नगरपालिकाका ५२ वर्षीय ओमप्रकाश चन्दलाई १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, उजुरी प्राप्त भएको आधारमा इलाका प्रहरी कार्यालय दीपायलबाट खटिएको टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो।

nisarga

यस घटनासम्बन्धी थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ।