
अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी कैलालीले धनगढीमा आज ¥यालीसहित जनसभा आयोजना गरेको छ ।
विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी कैलालीले धनगढीमा ¥याली निकालेर जनसभा गरेको हो ।

¥यालीमा एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहित जिल्ला इन्चार्ज नारदमुनि रानासहित विभिन्न तहका पार्टी पदाधिकारी तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
जनसभामा बोल्दै नेताहरूले जेन्जी आन्दोलन पश्चात् गठन भएको वर्तमान सरकारलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन्।
जेन्जी आन्दोलनले देशभर तोडफोड र आगजनी गरेको भन्दै नेताहरूले आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन्।
जनादेश प्राप्त सरकारलाई विदेशीको इसारामा फाल्ने काम भएको भन्दै नेताहरूले वर्तमान सरकार गैरसंवैधानिक तरिकाले गठन भएको बताएका छन्।















