
कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
फैसला कार्यान्वयनको क्रममा जिल्ला अदालतले १५ असोज २०७७ मा गरेको फैसलाले चोरी मुद्दामा १ वर्ष ६ महिना कैद र २० हजार जरिवाना तोकिएका दोधरा चाँदनी नगरपालिका–९ शान्तिटोलका २५ वर्षीय प्रकाश साउँदलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले साउँदलाई शनिबार उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि अदालतमा पेश गरिने जनाएको छ।













