
कैलाली – कैलाली प्रहरीले एक हप्तामा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको स्वीप अपरेसनबाट १४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको सिंहले बताएका छन् ।















