अत्तरियामा पुस ९ गतेदेखि महोत्सव संचालन हुने

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा पुस ९ गतेदेखि १९ गतेसम्म सृजनशील गोदावरी साँस्कृतिक महोत्सव संचालन हुने भएको छ ।

सृजनशील युवा क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस ९ गतेदेखि १९ गतेसम्म महोत्सव हुने जानकारी दिएको हो ।

nisarga

क्लबका अध्यक्ष नर बहादुर राईले अत्तरियाको पूर्वरोडस्थित  खुल्ला चौरमा महोत्सव लाग्ने बताए ।

महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ।

उनले मुख्य प्रायोजकको भने अहिले टुंगो नलागेको बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राईले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरे ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो।

विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु गर्न लागेको अध्यक्ष राईले बताएका छन् ।