अत्तरियामा यसरी हुँदैछ महोत्सवको तयारी (फोटो फिचर)

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आउँदो पुस ९ गतेदेखि महोत्सव सुरु हुँदै छ । सृजनशील युवा क्लबको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म सृजनशील गोदावरी साँस्कृतिक महोत्सव संचालन हुने भएको हो ।

क्लबले धमाधम महोत्सवको तयारी गरिरहेको छ । निमार्ण टोलीले मञ्च व्यवस्थापनको काम गरिरहेको छ । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ।

nisarga

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने क्लबले जनाएको छ ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेकाले आफूहरुले फेरि सुरु गर्न लागेको हो ।