
नेकपा (एमाले)को उपमहासचिवमा लेखराज भट्ट सर्बाधिक मत ल्याएर निर्बाचित भएका छन् ।
जारी ११औँ महाधिबेशनमा उनले १४ सय ५२ मत ल्याएर निर्बाचित भएका हुन् । भट्ट ओलि समुहबाट उम्मेदवार बनेका हुन् ।

तत्कालिन नेकपाको बिभाजन पछि भट्ट माओवादीमा नफर्केर एमालेमा नै सकिृय बनेका थिए ।
चितवन महमधिवेशनबाट भट्ट सचिव बनेका थिए । भट्ट ओलिका विश्वासी मात्रै होइनन् शालिन नेताको रुपमा पनि परिचित छन् ।
कुनै बेला प्रचण्डका बिश्वासी पात्र भट्ट अहिले ओलिका प्रिय !
भट्ट कुनै समय तत्कालिन माओवादी हँुदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिश्वसी पात्र थिए । जनयुद्ध शुरु गर्दा हतियार किन्ने देखि ब्यबस्थापन समेत भट्टले गर्ने गरेका थिए ।
एमाले र मावबादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टि (नेकपा)अदालतले बिभाजन गरेपछि भट्टले ओलिलाई बलियो साथ दिएका थिए ।
त्यस बाफत भट्ट सुदुरपश्चिम इन्चार्ज समेत बनेका थिए । भट्ट इन्चार्ज बनेपछि उनलाई संगठन बिस्तारमा कतिपय सुदुरपश्चिम कै नेताहरुले असहयोग गरेर तल सम्म नै गुट उपगुट बनाएका थिए ।















