सृजनशिल गोदावरी सांस्कृतिक महोत्सवको नगर प्रमुख भट्टद्धारा उद्धघाटन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा आजदेखि सृजनशिल गोदावरी सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ ।

सृजनशिल युवा क्लबको आयोजनामा अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा सुरु भएको महोत्सवको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका छन् ।

nisarga

पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ ।

अत्तरियाको पूर्वरोडस्थित खुल्ला चौरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई प्रवेश निशुल्क गरिएको छ । क्लबका अध्यक्ष नर राईले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

२०६६ सालदेखि २०७१ सम्म महोत्सव आयोजना गर्दै आएको सृजनशील युवा क्लबले २०७२ सालमा अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरेको थियो ।

विविध कारणले संघले महोत्सवलाई निरन्तरता दिन नसकेपछि फेरि सुरु गरेकोे हो ।