
अत्तरिया – कैलालीको अत्तरियामा पिएफए भेट्रान्स कपको सातौं संस्करण सुरु भएको छ ।
पिएफए स्पोर्टस क्लवद्वारा आयोजित पिएफए भेट्रान्स कपको सातौं संस्करणको आज एक कार्यक्रमकाबिच सुदूरपश्चिम खेलकुद परिषद सदस्य लोक बहादुर खड्काले उद्घाटन गरेका छन् ।

टि ट्वान्टी फरम्याटमा खेलाइने खेलमा ८ वटा टिमको सहभागिता रहेको छ । पुस २७ गतेसम्म चल्ने प्रतियोगितामा एलबीडब्लू बाहेक आइसिसिका सबै नियमहरु लागु हुने छन् भने खेल लिगअफ नकआउट चरणमा खेलाईने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार एक लाख नगद्दसहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितिय पुरस्कार पचास हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ ।
त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र र बेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ ।
त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा गोदावरी नगरपालिका रहेको छ ।
गोदावरी-२ वनखेतस्थित ससस्त्र प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा अनुपम अलराउन्डर्स र अत्तरिया सिटिबिच पहिलो खेल भइरहेको छ ।















