नेकपा एमालेद्वारा कैलाली–४ बाट लेखराज भट्ट एकल सिफारिस

Image
maya metro

अत्तरिया – नेकपा एमालेले कैलाली–४ प्रतिनिधि सभा सदस्य पदका लागि लेखराज भट्टको एकल नाम सिफारिस गरेको छ।

शुक्रबार बसेको क्षेत्रीय समन्वय कमिटीको बैठकले भट्टको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

nisarga

समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदका अनुसार सबैको सहमतिमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भट्टको नाम सिफारिस गरिएको हो।

भट्ट नेकपा एमालेका उपमहासचिव समेत हुन्। उनी यसअघि कैलाली–४ बाट एक पटक नेकपा (माओवादी केन्द्र)को तर्फबाट र अर्को पटक तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।

यसअघि उनी दुई पटक भने सोही निर्वाचन क्षेत्रमा पराजित भएका थिए।