मजगाउँमा माघ १२ गतेदेखि माघ महोत्सव लाग्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थीत मजगाउँमा आउँदो माघ १२ गतेदेखि थारु माघ महोत्सव २०८२ सुरु हुने भएको छ ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन तथा आधुनीक कृषि प्रर्वद्धनका लागि एकजुट हौँ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा, वरघर भलमन्सा गोदावरी नगर समिति, मजगाउँ थारु सामुदायिक होमस्टे र न्यू खुटिया चारपाते युवा क्लबले संयुक्तरुपमा महोत्सवको आयोजना गर्न लागेका हुन ।

nisarga

माघ १२, १३ र १४ गते मजगाउँ थारु संग्रहालय परिसरमा महोत्सव सञ्चालन हुने थारू कल्याणकारिणी सभाका नगर सचिव फुलाराम चौधरीले बताए ।

महोत्सवको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने थारू कल्याणकारिणी सभाका पूर्व कार्यबाहक सभापति एवम् केन्द्रिय पार्षद माधव चौधरीले बताए ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु संग्रहालयको अवलोकनका साथ अन्य रमाइलो मेला प्रदर्शन हुने उनले बताए ।

चौधरीले यसपटक महोत्सवलाई केहि फरक बनाउने उदेश्यले लागूऔषध सम्बन्धि जानकारीमूलक नाटक प्रस्तुत गर्ने तयारी भईरहेको बताएका छन् ।

आयोजकले शनीबार (आज) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नम्बर- ८ का वडा सदस्य हरिराम चौधरीले मजगाउँमा आयोजना हुँदै आएको माघ महोत्सवले राना थारु संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने बताईएको छ ।

थारू कल्याणकारिणी सभा गोदावरी नगर समितिले २०६७ सालदेखि माघ महोत्सवको आयोजना गर्दै आएको छ ।