
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गोदावरी नगर समितिले वडा नम्बर ५ को वडा अधिवेशन सम्पन्न गरेको छ ।
आज भएको अधिवेशनबाट वडा नम्बर– ५ को सभापतिमा मायालु भट्ट चयन भएका छन् ।

समितिको उप सभापतिमा भरत बहादुर विष्ट, सचिवमा देवीदत्त भट्ट चयन भएका छन् भने सदस्यहरुमा विवेक नेपाली, कोपिला परियार, मदनराज पन्त, निर्मला भट्ट, अशोक कुमार भट्ट र मोनिका चन्द चयन भएको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।
अन्य २ जना सदस्यहरु समावेशिकताको आधारमा पछि मनोनयन गरिने ओझाले बताएका छन् । त्यस्तै आज आयोजित वडा भेलामा विभिन्न पार्टी परित्याग गरि समेत गरी ६५ जना रास्वपामा प्रवेश गरेका छन् ।















