सिवाइसी लिग २०८२ को ट्रफी सार्वजनिक

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा माघ १२ गतेदेखि सुरु हुने सिवाइसी लिग २०८२ को ट्रफी सार्वजनिक गरिएको छ ।

आयोजक न्यू सिर्जनशील युवा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो ।

nisarga

८ वटा टिम सहभागी रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ भने द्धितिय पुरस्कार १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा क्रिकेट, फुटबल र भलिबल गरी तीन विधाका खेल खेलाइनेछ।

१९ दिनसम्म चल्ने प्रतियोगितामा दुईवटा महिला भलिबल टिमको पनि सहभागिता रहेको क्लबका अधयक्ष नर राईले बताएका छन् ।