
अत्तरिया – कैलाली क्षेत्र नम्बर- ४ का स्वतन्त्र उम्मेदवार छत्र भट्टले अत्तरिया धनगढी ६ लेन सडकमा १२ वटा आकाशे पुल बनाउने घोषणा गरेका छन् ।
आज अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिबद्धता पत्र सार्वजनिक गरेका भट्टले अत्तरिया धनगढी ६ लेन सडकका प्राय हरेक जेब्रा क्रसमा १२ वटा आकाशे पुल बनाउने घोषणा गरेका हुन् ।

उनले २०८४ मा गोदावरी धाममा लाग्ने महाकुम्भमा भारतबाट ५ करोड श्रद्धालु भित्राउने र सन् २०२७ मा भारतको नासिक सहरको त्रम्बकेश्वर जोतिरलिंग मन्दिरमा लाग्ने महाकुम्भमा कैलाली- ४ का १ लाख नागरिकलाई निशुल्क दर्शन गराउने घोषणा गरेका छन् ।
भिडियो















