
कञ्चनपुर – कञ्चनपुरबाट ५ जना चरेशसहित पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ६० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित झापा जिल्लाको अर्जुनधारा नगरपालिका–९ खर्बन्दी घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर स्थित सुन, चाँदी पसलमा कालिगडको काम गर्ने ३६ वर्षीय मानबिर बिश्वकर्मा पक्राउ परेका हुन्। बिश्वकर्मालाई शुक्रवार दिउँसो अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी भीमदत्त नगरपालिका–४ गल्ली नम्वर ४ स्थित बैतडी जिल्लाको सुर्नया गाउँपालिका–१ घर भई हाल गल्ली नम्वर ४ मा २७ वर्षकी कुमारी लक्ष्मी चन्दले संचालन गरेको बादशाह क्याफेबाट २ ग्राम ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन र २ ग्राम ५१० मिलिग्राम चरेशसहित निज लक्ष्मी चन्द र सोही ठाउँ बस्ने २६ वर्षकी लक्ष्मी सोनाहलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
लागूऔषधको कारोवार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।
















