गोदावरी नगरपालिकाका अधिकृत चौधरीको निधन, शोक बिदा घोषणा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका आर्थिक प्रशासन शाखाका छैठौं तहका अधिकृत खगेन्द्र प्रसाद चौधरीको सोमबार निधन भएको छ।

नगरपालिकाले उनको योगदानको कदर गर्दै २०८२ चैत्र ९ गतेका लागि शोक बिदा घोषणा गरेको छ।

nisarga

शोक बिदा नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूमा लागू हुने भए पनि अत्यावश्यक सेवा सुचारु रहनेछ।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जारी गरेको सूचनामा नगरपालिकाले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेको छ।

नगरपालिकाले शोक बिदाका कारण सेवाग्राहीमा पर्ने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।