
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१२ को वडा कार्यालय भवनको उद्धघाटन गरिएको छ ।
भवनको सोमबार एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले प्रशासनिक भवनले सेवा प्रवाहमा सहजता हुने बताए ।

नगरपालिकासंग बजेट भएपनि आफ्नो स्वामित्वमा जग्गा नहुँदा वडा कार्यालय निर्माणमा समस्या हुने गरेको उनले बताए ।
२०८२ पुषमा भवन निर्माण सम्पन्न गर्ने गरि उप्रेती बिल्डर्स एण्ड इन्जिनियरिङ कम्पनीले मूल्य अभिवृद्धी करसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा भवन निर्माणको ठेक्का पाएको थियो ।

अब नयाँ भवनबाटै सेवा प्रवाह गरिने वडा नम्बर– १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले बताएका छन् ।
कार्यक्रममा बोल्दै खड्काले वडा कार्यालयको अभावले सेवा प्रवाहमा समस्या आएको भन्दै भवन निर्माणले स्थानीय प्रशासन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
वडाकै सबै भेगलाई पाईक पर्ने ठाउँमा सर्वदलिय सहमति अनुसार वडाको प्रशासनिक भवन निर्माण गरिएको उनले बताएका छन् ।
वडा कार्यालय भवन निर्माण गर्न स्थानीय शेर बहादुर विक र प्रेम बहादुर बडैलाले जग्गा दान गरेका थिए ।
उनीहरुलाई उद्धघाटन समारोहमा सम्मान पनि गरिएको छ ।
















