अत्तरिया खानेपानीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– २ मा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले शनिबार एक कार्यक्रमका बिच १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेकोे हो । संस्थाका कार्यबाहक अध्यक्ष शेर बहादुर विष्टको सभा अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

nisarga

साधारण सभामा बोल्दै नगर प्रमुख भट्टले संस्थाको विकासका लागि सबैको व्यक्तिको हातेमालो आवश्यक रहेको बताए । उनले नगरपालिकाका तर्फबाट आफू सधैँ सहयोगकालागि तयार रहेको बताए ।

यस्ता खालका संस्थाहरु स्थानीय सरकारलाई आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् उपभोक्ताहरुको सहभागिता रहेको थियो ।संस्थाको नयाँ नेतृत्वका लागि वैशाख २६ गते निर्वाचन हुँदै छ ।