
अत्तरिया – अत्तरियाको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ वरपीपल गल्ली अत्तरियामा रहेको ओम डेरीबाट ढुसी लागेको पनिर जफत गरिएको छ ।
आइतबार आज गोदावरी नगरपालिकाको अनुगमन टोलीले कुहिएको, ढुसी लागेको अवस्थामा रहेको ६४ हजार बराबरको पनिर जफत गरी नष्ट गरिएको गोदावरी नगरपालिका आर्थिक विकास शाखाका उद्यम विकास सहजकर्ता एवम् अनुगमन टोलीका सदस्य दिपेन्द्र कुमार ओलीले बताएका छन् ।

उक्त डेरीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन अगुगमन टोलीले सचेत गराएको छ ।












