अत्तरियाका ३८ पसलमा नगरपालिकाको अनुगमन, ७२ हजार बढीको सामान जफत

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आज अत्तरिया बजारमा अनुगमन गरेको छ । नगर उप प्रमुख एवम् अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाको नेतृत्वमा आज वडा नम्बर-१ स्थित महेन्द्रनगर रोड र वरपीपल गल्लीका गरी ३८ वटा पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमनकाक्रममा ७२ हजारभन्दा बढीका म्याद गुज्रेका खाद्य वस्तुहरु जफत गरी नष्ट गरिएको गोदावरी नगरपालिका आर्थिक विकास शाखाका उद्यम विकास सहजकर्ता एवम् अनुगमन टोलीका सदस्य दिपेन्द्र कुमार ओलीले बताएका छन् । वरपीपल गल्ली अत्तरियामा रहेको ओम डेरीबाट ढुसी लागेकोे पनिर जफत गरिएको छ ।

nisarga

अनुगमन टोलीले कुहिएको, ढुसी लागेको अवस्थामा रहेको ६४ हजार बराबरको पनिर जफत गरी नष्ट गरिएको र उक्त डेरीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन अगुगमन टोलीले सचेत गराएको छ ।

अत्तरियामै रहेको बासुलिङ्ग एग्रोभेटबाट ५ हजार बराबरको म्याद गुज्रेको पशु आहार, नन्दन चार्ट सेन्टरबाट एक हजार बराबरको गन्हाएको चार्ट मसला, भुवन बेकरीबाट १५ सय बराबरको केक र मिठाइमा प्रयोग हुने म्याद गुज्रेका सामग्रीहरु, रुपा ट्रेर्डसबाट म्याद गुज्रेको ५५१ रुपैँया बराबरको चिसो पेय पर्दाथ जफत गरी फोहरमैला व्यवस्थापन केन्द्रमा नष्ट गरिएको छ ।

उप प्रमुख रोकायाको संयोजकत्वमा, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, अत्तरिया उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय मालाखेती र गोदावरी होटल व्यवसायी संघका प्रतिनिधिहरुको सहभागीतामा नगरपालिकाले अनुगमन गरेको हो ।