पावर टिलरमा ठगिएका गोदावरीका किसानले लगाए सोनमको घरमा ताला

Image
maya metro

अत्तरिया – कृषि सामग्री पावर टिलरमा ठगिएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ६ र ७ का किसानले सोनम चौधरीको घरमा ताला लगएका छन् ।

चौधरी बाहिर निस्किन नमानेपछि भित्रै थुनेर उनिहरुले ताला लगाएर चाबी बडेहाँ प्रहरी बिटलाई बुझाएका हुन् ।

nisarga

सुरो नेपालमार्फत ७५ प्रतिशत अनुदानमा पावर टिलर दिने भनेर गोदावरी -६ की सोनम चौधरीले २०८१भदौमा ६८ जना प्रति किसानबाट ७० देखि १ लाख २५ हजारसम्म रकम उठाएकी थिइन् ।

२०८१ को मंसिरमा पावर टिलर दिने भनिएपनी पटकपटक धाँउदासमेत आजसम्म उनीहरुले न सामग्री नै पाएका छन् न रकम नै फिर्ता पाएका छन् ।

सोनमसंग कहिले स्थानीय प्रहरीचौकी त कहिले गाउँमै बसेर उनीहरुले पटकपटक सम्झौता गर्दै आएका थिए । अन्तिमपल्ट गत चैतमा भएको सम्झौताअनुसार बैशाख १५ गतेपनी रकम फिर्ता नपाएपछि घरमा ताला लगाउनुपर्ने अवस्था आएको स्थानीय पृथ्वीनारायण चौधरीले बताएका छन् ।

बडेहाँकै प्रियङ्का चौधरीले पनि सोही समयमा १०६ जना किसानसंग ७० हजार देखि १ लाख २५ हजारसम्म रकम उठाएको भएपनी उनी केही दिनयता घरमै नभएपछि  प्रियङ्कालाई रकम दिएका किसान पनि बिलखबन्दमा परेका छन् ।