कञ्चनपुरमा लागूऔषधसहित साउद पक्राउ, अन्य ८ मुद्दाका पनि अभियुक्त

Image
maya metro

धनगढी – कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका घर भएका रवि साउद रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए ।

nisarga

उनकाअनुुसार साउदलाई विशेष सूचनाका आधारमा भीमदत्त नगरपालिका–४ बाट पक्राउ गरिएको हो । उनको साथबाट चार ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

डीएसपी शाहीले साउद लामो समयदेखि लागूऔषधको कारोबारमा संलग्न रहेको व्यक्ति भएको खुलेको बताए । यसबाहेक उनीविरुद्ध चोरी, अभद्र व्यवहार लगायतका विभिन्न ८ वटा अभियोग समेत रहेको शाहीले बताए ।

अदालतबाट ६ दिन म्याद थप गरेर साउदमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।