बेलादेवीपुर स्वास्थ्य केन्द्रमा सिकलसेल स्क्रिनिङ शिविर सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा नम्बर-९ को बेलादेवीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिकलसेल एनिमिया तथा थालासेमिया रोग निदानका लागि निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरेको छ ।

बुधबार (आज) नगरपालिकाको स्वास्थ्य शाखाले शिविर सञ्चालन गरेको हो । शिविरमा ३०३ नमूना जाँच गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिएका छन् ।

nisarga

३०३ जनामा गरिएको परिक्षणमा ८ पुरुष र २२ महिला गरी ३० जनामा प्रारम्भिक चरणमा सिकलसेल पोजेटिभ देखिएको उनले बताएका छन् ।

प्रारम्भिक जाँचकाक्रममा पोजेटिभ देखिएका नमूनाहरुलाई दोस्रो चरणको जाँचका लागि पठाइनेछ । दोस्रोपटक पनि पोजेटिभ आएमा आवश्यक औषधी उपचार सुरु गर्ने गरिन्छ ।