दार्चुलामा पुरुष मृत भेटिए

Image
maya metro

दार्चुला – दार्चुलाको ब्यास गाउँपालिका–६ बडुगाउँका ५८ वर्षीय सुनादत्त बडु मृत अवस्थामा फेला परेका छन् ।

घर नजिकै गोठालो गएका बडु बेलुकासम्म घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए ।

nisarga

खोजतलासका क्रममा उनी घरदेखि करिब एक किलोमिटर टाढा बुधबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।