अत्तरिया बजारका १३ मासु पसलमा नगरपालिकाको अनुगमन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारका मासु पसलहरुमा अनुगमन गरेको छ ।

नगरपालिकाको पशु सेवा शाखाले वडा नम्बर-१ स्थित धनगढी रोडमा रहेका १३ वटा मासु पसलहरुमा अनुगमन गरेको हो ।

nisarga

अनुगमनकाक्रममा एउटा पसल दर्ता नभएको, प्राय पसलहरुले सरसफाइमा ध्यान नदिएको तथा मासु कटिगं र खाजा नास्ता पसलमा एउटैमा सञ्चालन गरेको पाइएको गोदावरी नगरपालिका पशु सेवा शाखा प्रमुख राम बहादुर सार्कीले बताएका छन् ।

उनीहरुलाई गल्ती सुधार गर्न सचेत गराइएको बताइएको छ ।