
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर-८ को वडा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनबाट ११ सदस्यीय समिति चयन गरिएको छ । समितिको सभापतिमा कर्ण बहादुर कुँवर चयन भएका छन् ।

त्यस्तै उप सभापतिमा लक्ष्मी ठगुन्ना भाट र सचिवमा दिपेन्द्र कठायत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा तारासिंह रावल, शेर बहादुर बोहरा, विनोद थापामगर, लालमनी विनाडी,पार्वती कोली, डम्बर राज भट्ट र प्रिती प्रसाद चौधरी चयन भएका छन् । एकजना सदस्य पछि थप गरिने बताइएको छ ।















