
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानको मतगण्ना जारी छ ।
आइतबार आज बिहान ६ ः १५ सम्म ५०० मतगणना भएको छ । सो परिणामअनुसार राजेन्द्र खड्काको प्यानलले अग्रता लिएको छ ।

५ हजार ७४२ जना उपभोक्ता मतदाता रहेको संस्थामा २ हजार ७७५ मत खसेको थियो ।संस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र ६ जना सदस्य गरी प्रत्यक्ष निर्वाचित ११ सदस्यीय समिति रहने व्यवस्था रहेको छ ।
जसका लागि ३८ जना प्रतिस्पर्धामा रहेका छन् ।














