‘बुढीतोला पर्यटन महोत्सव’को समापन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को समापन गरिएको छ।

वैशाख १७ गतेदेखि सुरु भएको महोत्सवको आइतबार (आज) एक समारोहकाबिच सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको प्रमुख आतिथ्यतामा महोत्सवको समापन गरिएको हो ।

nisarga

समापन समारोहमा बोल्दै सचिव कोइरालाले बुढीतोला क्षेत्रको विकासको लागि १ करोड बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।

समापन समारोहमा गोदावरीका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी, वडा नम्बर-४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल, वडा सदस्य शेर बहादुर घर्तीमगर, विभिन्न संघ संस्थाका, प्रतिनिधि, कलाकारसहित स्थानीयहरुको उपस्थिति रहेको थियो ।

आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिका संयोजक हरिदत्त भट्टराईको सभाअध्यक्षतामा भएको समारोहमा समितिका संयोजक भट्राईले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सम्मान गर्दै धन्यवाद ज्ञापन गरे ।