
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ स्थित अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
संस्थाको नयाँ नेतृत्व चयनका लागि शनीबार भएको मतदानको अन्तिम मतपरिणाम आज बिहान सार्वजनिक भएको हो । सार्वजनिक अन्तिम मतपरिणामअनुसार संस्थाको अध्यक्षमा राजेन्द्र बहादुर खड्का विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणनामा १ हजार १२२ मतसहित खड्का विजयी भएका हुन् । आफ्ना प्रतिद्धन्दी गणेश शाहलाई ३८० मतले पछि पार्दै खड्का विजयी भएका हुन् ।
शाहले ७४२ र अध्यक्षकै अर्का उम्मेदवार हर्क बहादुर शाहले ५३१ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा पनि खड्का प्यानलकै लक्ष्मण बहादुर कठायत विजयी भएका छन् । प्रतिस्पर्धी प्रेम सिंह कडायतलाई १२७ मतले पछि पार्दै कठायत विजयी भएका हुन् ।
कठायतले ७७५ मत पाउँदा कडायतले ६४८ मत पाए । उपाध्यक्षकै अर्का उम्मेदवार चन्द्र सिंह धामीले ३८१ र पुष्पराज चटौले ४३१ मत पाएका छन् ।
महासचिवमा पनि खड्का प्यानलकै धर्मसिंह कुँवर विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी तिर्थराज ओझालाई ३०९ मतले पराजीत गर्दै कुँवर विजयी भएका छन् । कुँवरले ८११ मत पाउँदा ओझाले ५०२ मत पाएका छन् ।
महासचिवमै उम्मेदवारी दिएका धनराज विष्ट जोशीले ४७८ मत पाए भने गोरख बहादुर कडायतले ४४९ मत पाए । कोषाध्यक्ष पदमा पनि खड्का प्यानलका भोज बहादुर साउद विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्धन्दी नर बहादुर बलायरलाई ३०२ मतले पछि पार्दै साउद विजयी भएका हुन् ।
साउदले ९२९ मत पाउँदा बलायरले ६२७ मत पाएका छन् । कोषाध्यक्षका अन्य उम्मेदवारहरु सुरेन्द्र बहादुर साउदले ३२२ मत पाए भने बाबुराम बलमपाकीले ३७३ मत पाए । त्यस्तै अत्तरिया खानेपानीको सचिवमा छविन्द्र नाथ योगी विजयी भएका छन् । खड्का प्यानलबाटै उम्मेदवारी दिएका योगी ८८९ मतसहित विजयी भएका हुन् ।
आफ्ना निकटतम प्रतिद्धन्दी मदन राज शर्मा जोशीलाई ४४ मतले पछि पार्दै योगी विजयी भएका हुन् । सचिवका अर्का उम्मेदवार टेक बहादुर मल्लले ४४६ मत प्राप्त गरेका छन् । सदस्यहरुमा खड्का प्यानलबाटै ६ जना र हर्क बहादुर शाहको प्यानलबाट एक जना विजयी भएका छन् । सदस्यमा रमेश कडायत खड्का प्यानलबाट विजयी भएका हुन् भने धर्मराज भट्ट शाह प्यानलबाट विजयी भएका हुन् ।
कडायतले ८६६ र भट्टले ७३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला सदस्यहरुमा पनि खड्का प्यानलबाट उम्मेदवारी दिएकी चन्द्रा कुमारी कठायत, जमुना देवी साउद, खिमा देवी ओझा र राधा विष्ट कुँवर भएका छन् ।
कठायतले ८६०, साउदले ९३२, ओझाले ८५७ र कुँवरले ७८१ मत प्राप्त गर्दै विजय हाँसिल गरेको निर्वाचन समितिले जनाएको छ । संस्थामा ५ हजार ७४२ जना उपभोक्ता मतदाता रहेकोमा नयाँ नेतृत्व चयनका लागि शनीबार भएको निर्वाचनमा संस्थामा २ हजार ७७५ मत खसेको थियो ।
संस्थामा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ जना पदाधिकारी र ६ जना सदस्य गरी प्रत्यक्ष निर्वाचित ११ सदस्यीय समिति रहने व्यवस्था रहेको छ ।















