गोदावरीमा दुई किशोरी मृत फेला, एसईईको नतिजा थिएन सन्तोषजनक

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा दुई किशोरी मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर-५ स्थित गेटीमा १६ वर्षीय सृजना शाही र वडा नम्बर-८ स्थित स्याउलेमा १८ वर्षीय अस्मिता साउद आज मध्यान्हको समयमा मृत फेला परेका हुन् ।

nisarga

आ-आफ्नो घरकै कोठमा झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनीहरु दुवैको एसईईको नतिजा सन्तोषजनक नरहेको प्रारम्भिक कारण देखिएको प्रहरीले जनाएको छ।

शाही माउन्टसैपाल बोर्डिंग स्कुल र साउद समैजी मावि मजगाउँ बाट एसईईमा सहभागी भएका थिए।

राष्ट्रिय परिक्षा बोर्डले हिजोराती एसईईको नतिजा सार्वजनिक गरेको थियो ।