महेन्द्र राजमार्गको अतिक्रमण हटाउन सडक डिभिजन महेन्द्रनगरको १५ दिने अल्टिमेटम

Image
maya metro

अत्तरिया – महेन्द्र राजमार्गको चिसापानी-अत्तरिया-गड्डाचौकी सडक खण्डमा भएको अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले कडा कदम चालेको छ ।

सडक सीमाभित्र बनेका अनाधिकृत संरचना हटाउन कार्यालयले आगामी जेठ १४ गतेसम्मको अन्तिम समयसीमा (अल्टिमेटम) दिएको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज एक सूचना प्रकाशीत गर्दै सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र रहेका सम्पूर्ण घर–टहरा हटाउन निर्देशन दिएको हो ।

nisarga

सडक विभागको पूर्वस्वीकृति विना निर्माण गरिएको संरचनाहरु, १५ दिनभित्र सम्बन्धित धनी आफैँले नहटाए कार्यालयले हटाउने चेतावनी दिइएको छ ।

सूचनाको अवज्ञा गरी तोकिएको समयभित्र संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कार्यालयले नै हटाउने र सो बाफत लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गर्ने समेत सडक डिभिजन कार्यालय महेन्द्रनगरले चेतावनी दिएको छ ।