
टीकापुर – टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जना प्रहरी जवान बेहोस भएका छन् । उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा दौडिने क्रममा बेहोस भएका हुन् । बेहोस भएकामध्ये ६ जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले काठमाडौं रिफर गरेको छ ।
एक जनाको भने टीकापुर अस्पतालमै उपचार भइरहेको छ । रिफर गरिएकामध्ये दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ भने अन्य चार जनालाई समेत काठमाडौं लैजाने तयारी भइरहेको छ । बेहोस हुने प्रहरी जवानको परिचय सशस्त्र प्रहरीले खोलेको छैन । उनीहरु दुई सय मिटर दौडका क्रममा बेहोस भएका थिए ।














